मधेस मुद्दा सत्तामा चढ्ने भ¥याङ ःप्रवक्ता देवकोटा

121

वीरगंज, २ असोज
स्वाधीनता, समृद्धि समानुपातिक समावेशी तथा समानता र समाजवाद एवं सदाचारको लागि नेपालको संविधान र मधेस समस्या अन्तत्र्रिmया कार्यक्रम नयाँ शक्ति नेपालको आयोजनामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले मधेसको मुद्दालाई सत्तामा चढ्ने भ¥याङ बनाई सत्ता टिकाउने खेल भइरहेको बताए । मधेसको मुद्दा समाधान गर्ने उद्देश्यले ओली र प्रचण्डको सरकार बनेको र पुनः मधेसको समस्या समाधान गर्न नसकेको ओली सरकार ढाल्न सोही मुद्दा अगाडि बढाई काङ्ग्रेस, माओवादी र मधेसवादी दलको समीकरणमा सरकार बनेको उनले बताए ।
कागजमा मधेसीको मुद्दा समाधान गर्न सबै दल सहमत भए पनि कार्यान्वयन गर्न आनाकानी गर्नु, दिन–प्रतिदिन गल्ती हुँदै गइरहेको बताए । नेपालको राजनीति दुई धारमा बाँडिएको र बाटो बिराउने काम भइरहेको आरोप उनले लगाए । संविधान जारी भएको एक वर्षभित्र राष्ट्रपति, सभामुख तथा प्रधानमन्त्री जस्तो पद कार्यान्वयन भएको र बाँकी बुँदा चक्रब्युहमा फसेको बताए ।
देवकोटाले संविधान जारी हुने बेला केही तŒवले मधेस र पहाडका जनताबीच फाटो ल्याउने प्रयास गरेको, मधेसीहरू भारतबाट आएको शब्द प्रयोग गरेर भड्काउने खेल भएको र सो कारण मधेस आन्दोलन चर्केको बताए ।
नागरिकता, सीमाङ्कन, नामाङ्कन, समानुपातिक निर्वाचनलगायत ५७ वटा बुँदा संशोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै डा। बाबूराम भट्टराईले ती मुद्दाहरूमा नोट अफ डिसेन्ट लेखी असहमति जनाएका थिए भनी उनले बताए । उनले ती बुँदाहरू संशोधन भएमा सबैले अधिकार पाउने र संविधान पनि जनताले स्विकार्ने देवकोटाले बताए । उनले एक वर्षभित्र संविधान कार्यान्वयन नभए मुलुक भुमरीमा फस्ने सङ्केत देखापरेको बताए ।

कार्यक्रममा पूर्व सभासद एवं प्रदेश नं २ का संयोजक महेन्द्र पासवानले कार्यपत्र प्रस्तुत गरेका थिए । पार्टीका जिल्ला संयोजक बलिराम साहको अध्यक्षतामा भएको कार्यक्रममा  कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व सभापति अजय द्विवेदी , नेपाल पत्रकार महासङ्घ, पर्साका सभापति श्याम बन्जारा, नेपाल सद्भावना पार्टीका केन्द्रीय सदस्य अनिरुद्ध सिंह, प्रा.डा. हरेराम ठाकुर, डा.सुमन प्रसाद, रामनरेश यादव, गाँधी ठाकुरलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जोगिन्द्र साहले गरेको तवरेज अहमदले जानकारी दिएका छन  ।