घुस लिँदालिँदै सव ओभरसियर पक्राउ

310

कठमाण्डौ ४ असोज ्र भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको सक्रियतामा घुस लिंदालिँदै टोखा नगरपालिका कार्यालयबाट सब ओभरसियर बुद्धिजंग गुरुङलाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।
घुष लिने गुरुङले सेवाग्राहीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि भन्दै ४५ हजार घुस लिएका थिए । उनको शरीरबाट अख्तियारको टोलीले खानतलासी गर्दा थप ७१ हजार नगदसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको ४५ हजार, दुई ओटा एटिएम कार्ड र एक मोबाइल बरामद गरेको छ ।bhrasta-1
सव ओभरसियर गुरुङले सानुकाजी महर्जनसँग घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाईदिने कामको लागि उक्त रकम लिएको स्वीकारेका छन् । उनले अख्तियारकै अगाडी भनेका छन् ुमैले उक्त रकम सेवा शुल्क स्वरूप लिएको हुँ ।ु तर अख्तियारका एक अधिकारीले सेवा शुल्कको नाममा त्यसरी रकम लिनु भ्रस्टाचारनै भएको बताए ।
गुरुङलाई रंगे हात पक्राउ गराउन भूमिका खेलेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले एक बिज्ञप्ति निकाल्दै यस्ता अप्रेशन हरेक जिल्लामा सुरु भईसकेको जनाएको छ ।