बीरगंजबाट उच्च अदालतको सेवा शुरु

685

बीरगंज ४ असोज ।
प्रदेश नम्बर २ को उच्च अदालत जनकपुरको अस्थायी इजलास कार्यालयको आज वीरगंजमा उद्घाटन भएको छ । वारा, पर्सा, रौतहट जिल्लाका सेवाग्राहीहरुलाई न्याय सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेश नम्बर २ को अस्थायी इजलास स्थापना गरिएको हो । न्याय सेवालाई जनताको घर दैलोमा सहज रुपमा पुर्याउने उद्देश्यले अस्थायी इजलास वीरगंजमा स्थापना गरिएको अस्थायी इजलासका मुख्य न्यायधीश उदय प्रकाश चापागाईले बताए । वीरगंज चिनी कारखानाको प्रशासनीक भवनमा इजलासको स्थापना गरिएको छ । अस्थायी इजलासका लागि १५ जना न्यायधीशको दरवन्दी रहेकोमा वीरगंजमा स्थापना भएको अस्थायी इजलासमा हाल ७ जना न्यायधीश रहेका छन् । कार्यालय स्थापनाका लागि तिव्र रुपमा तयारी भई रहेको रजिष्टार खड्क बहादुर श्रेष्ठले बताए । यसैवीच अस्थायी इजलास वीरगंजमा आजै वाराको कचोर्वा ९ का योगेन्द्र साह तेलीले जग्गाको किचलो सम्बन्धी मुद्दा दर्ता गरेको शाखा अधिकृत केशव कौसिकले बताउनु भयो । न्यायधीश थिर बहादुर कार्कीको सभापतित्वमा सम्पन्न इजलास उदघाटन कार्यक्रममा सभासद जय प्रकाश थारु, हरिचरण साह, पर्सा जिल्ला अदालतका न्यायधीश महमद जुनेद आजाद, पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, संघीय समाजवादी फोरम नेपालका नेतृ करिमा बेगम, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।