मोर्चाले संख्या निर्धारण कार्यक्रम बिथोल्यो

344

बीरगंज ४ असोज ÷ पर्सा जिल्लाको स्थानीय तह निर्धारणको लागि मंगलवार आयोजना गरिएको कार्यक्रम जिल्ला बिकास समितिमा मधेशी मोर्चाका कार्यकर्ताहरुले बिथोलीदिएका छन । गाउंपालिका तथा नगरपालिका क्षेत्रको संख्या तथा सिमांकन र स्थानीय तह पुर्नसंरचना, प्रारम्भिक नक्सांकन सम्बन्धी राजनैतिक दलहरुसंगको अन्तरक्रिया कार्यक्रम उनीहरुको बिरोधका कारण बिथोलिएको हो । मधेशी मोर्चाको अवरोधका कारण कार्यक्रम रोकिएपछि गाउंपालिका तथा नगरपालिका क्षेत्रको संख्या तथा सिमांकन पर्सामा अनिश्चित भएको छ । स्थानीय निकाय पुर्नसंरचना आयोगद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा मधेशवादी राजनैतिक दलका कार्यकर्ताहरुले मधेशको माग पुरा नभईन्जेल सम्म स्थानीय तहको सिमांकन र प्रारम्भिक नक्सांकन नहुने भन्दै विरोध गरेपछि कार्यक्रम स्थगित गरिएको पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बताए । मधेशी मोर्चाका नेता परुषोत्तम झा , प्रदीप यादव, पुरुषोत्तम झा, इम्दाद गद्दी लगायतका नेताहरुले विरोध गरेपछि अन्तरक्रिया कार्यक्रम स्थगित भएको हो । अन्तरक्रिया कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, अनुसन्धान उपनिर्देशक हरि नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयां शक्ति नेपाल, राप्रपा नेपाल लगायतका राजनैतिक दलका प्रतिनिधिहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।