सुन सहित एक भारतीय पक्राउ

112

ह्ेटौडा ४ असोज ।मकवानपुर प्रहरीले सवा १५ लाख बराबरको सुन सहित मंगलवार बिहान एक जना भारतीयलाई पक्राउ गरेको छ । भारतको पूर्वी चम्पारणको रक्सौल निवासी २१ वर्षिय राहुल कुमारलाई प्रहरीले पक्रेको हो । काठमाण्डौ बाट बीरगंजतर्फ जादे गरेको ना ५ ख ५५९५ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा ३ सय ग्राम सुन सहित उनी पक्राउ परेका हुन । सुन सहित उनलाई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान बिभागको मध्यमाञ्चल क्षेत्रीय कार्यालय पथलैया चलान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नयाव उपरिक्षक बामदेव गौतमले जानकारी दिए ।