नेपालीकै भरमा ‘क्यासिनो’ को व्यापार फस्ट्याउंदै

163

सफल खतिवडा
वीरगञ्ज,  असोज

क्यासिनो अथवा आधुनिक जुवा जुन विद्युतीय मेसिन मार्फत खेलिन्छ त्यसमा मुलुकको कानून अनुसार नेपाली नागरिकलाई प्रवेश निषेध छ । तर वीरगञ्जको होटल सुरज र भिस्वामा सञ्चालित क्यासिनोमा ८० प्रतिशत भन्दा बढी नेपाली नागरिक नै दिनहु खेलिरहेका छन् । साधारण जुवा खेललाई निस्तेज गर्न सक्रिय रहेका नेपाल प्रहरी सम्पन्न नेपाली नागरिकले खेल्ने क्यासिनोलाई सुरक्षा प्रदान गरिरहेको छ ।

खासगरी मारवाडी समुदाय, सुनका कारोबारी र व्यापारीहरु क्यासिनोको लतमा फस्को पाईएको छ । क्यासिनोको लतले वीरगञ्जमै केहि दुई तीनवटा घर भएका व्यापारीहरु सडकमा आईपुगेको जानकारहरु बताउ“छन् । स्रोतका अनुसार यसरी क्यासिनो जानेहरु मध्ये केहिले सीमा पारी गएर नक्कली भारतीय ‘राशन कार्ड’ र ‘प्यान कार्ड’ बनाएर ल्याउने गरेका थिए । तर हिजो आज दुईसय रुपैया“मा भारतीय ‘रासन कार्ड’ र ‘प्यान कार्ड’ वीरगञ्ज मै बनाउने गरेका छन् । यसरी नक्कली भारतीय कागजजात तयार गर्ने दुईवटा गिरोह वीरगञ्ज मै सक्रिय छ । ती गिरोहका सदस्यहरुको प्रहरी स“गै उठबस रहेकोले व्यवसाय झन निर्वाध रुपमा फस्ट्याएको छ ।

क्यासिनोका एक कर्मचारीका अनुसार ‘भारतीयहरु २÷४ लाख लिएर क्यासिनोमा आउ“छन् । हार्न थालेपछि उठेर हिड्छन् । तर नेपालीहरु ‘डिक राखेर’ (घडी, मोबालई लगायत आफूस“ग भएको सबै कुरा हारेर) मात्रै उठ्छन् । काठमाण्डुमा धेरै पैसा हुनेलाई क्यासिनोले स्टाफ कार्ड नै बनाईदिने गरेको भएपनि वीरगञ्जमा त्यस्तो फेला परेको छैन् । ‘क्यासिनोमा सबै ईन हुन्छ भन्ने मान्छेको बुझाई हुन्छ ।’ एक अनुभवीले भने ‘क्यासिनोमा शुरुमा ईन भएजस्तो लागेपनि पछि गएर उठ्नै नसक्ने गरि थला परिन्छ ।’ उनका अनुसार लागु औषधो लत छुटाउन सकिन्छ तर क्यासिनोको लत छुटाउन धेरै गाह्रो छ । वीरगञ्जमा अनलाईन क्यासिनोबाट बेटिङ लगाउनेहरु पनि रहेको स्रोतले जनाएको छ । त्यसरी बेटिङ लगाउनेहरुले अनलाईन क्यासिनो चलाउनेको प्रतिनीधिहरु माफर्त पैसा लिने दिने गर्ने गर्छन् ।

क्यासिनोलाई कानूनको दायरामा ल्याउन पर्साका प्रहरी उपरिक्षक डा. राजुबाबु श्रेष्ठले योजना बनाएपनि योजना सफल पार्न जिम्मेवारी पाएका कर्मचारीहरु नै क्यासिनो सञ्चालकस“ग पहिला देखि नै विक्री रहेकोले उनको योजना थाती रह्दै आएको छ ।