आन्दोलनको शुभ मुर्हत सम्पन्न

325

बीरगंज ६ असोज ।

शिवकरण फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको भोजपुरी भाषाको चलचित्र आन्दोलनको बुधवार बीरगंजमा शुभ मुर्हत गरिएको छ । बीरगंजको प्रसिद्ध अलखियामठ स्थित धर्मशालामा शुभ मुर्हत गरिएको फिल्मको नाम आन्दोलन भएपनि कथा बस्तु भने प्रेममा आधारित रहेको निर्माण पक्षले जनाएको छ ।
सद्दाम हुसेन र सोनु अख्तर दुई जना नायकले नयाँ कलाकारको रुपमा आफूलाई प्रस्तुत गर्ने छन भने चलचित्रमा भोजपुरी फिल्मकी स्थापित नायिका तनु चटर्जी र नेपाली फिल्मकी नायिका बिनु खड्काको भूमिका रहने निर्माण पक्षले जनायो । ।

तीन महिना भित्र रिलीजको लक्ष्य रहेको आन्दोलनको निर्देशन एनआर कुमारले गर्दैछन भने शफी अख्तर निर्माता रहेका छन । आन्दोलनका कारण आम मान्छेको जनजीवनमा पर्ने प्रभाव र खास गरि प्रेमजोडीलाई कसरी अवरोध सृजना गर्छ भन्ने कुरा चलचित्र आन्दोलनको कथाबस्तु रहने निर्देशक कुमारले बताए । चलचित्रको चरित्र अभिनेताको रुपमा नेपाली कलाक्षेत्रका हस्ती नन्दु श्रीवास्तव, आनन्द चतुर्वेदी, घनश्याम गिरी, बीरगंजका प्रख्यात कलाकार शिवजी विश्वकर्मा लगायत छन् । चलचित्र ३ महिना भित्र प्रर्दशनमा आउने गरि छायाकंन गरिने निर्माण पक्षले जनायो ।