प्रचण्ड मोदी संयुक्त बक्तब्य राष्ट्रहित बिपरितःनयाँशक्ति

119

काठमाण्डौ ६ असोज । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्य नेपालको राष्ट्रिय हित विपरित भएको जनाएको छ ।

प्रधानमन्त्री भरत जानु अघि भट्टराईले १० बुुँदे सुझाव दिएका थिए । तर, भ्रमणका क्रममा त्यसबारे कुनै पहल नहुनु खेदजनक भएको पार्टीका प्रवक्ता खिमलाल देवकोटाले बताएका छन् ।

नयाँ शक्ति नेपालले संविधान संशोधन तथा कार्यान्वयन आन्तरिक मामिला भएको भन्दै त्यो बिषयलाई अन्तराष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ । प्रचण्ड र मोदीले जारी गरेको संयुक्त वक्तव्यको बुँदा नम्बर १० मा संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउने नेपाल सरकारको प्रयासलाई भारतले स्वागत गर्ने उल्लेख छ । नयाँ शक्तिले यसप्रति आपत्ति जनाएको छ ।