बेक्सी आरोपमा दिशा खुवाउनेहरु प्रहरी नियन्त्रणमा

343
पीडित महिला सासु र बुहारी प्रहरी कार्यालयमा

सर्लाही ६ असोज
सर्लाहीको मधुवनीमा एकल महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइएको छ। घरमा छोरा बिरामी भएपछि बोलाएको झाँक्रीले डाइन९बोक्सी०को कारण देखाएकै कारण सर्लाहीमा एकल महिलालाई पशुसरह व्यवहार गरी दिशा खुवाइएको छ। चौपायालाई औषधि खुवाउने सोते९काँरी०ले महिलालाई दिसा खुवाइएको हो।
मधुवनी–९ की ५५ वर्षीया सयरा खातुनलाई बुधबार राती कुटपिट गर्दै दिसा खुवाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मधुवनी–९ का सुलमान अन्सारी, आलम अन्सारी, मजिद अन्सारी रहेका छन । ।
सुलमानका छोरा अलाउद्धिन अन्सारीलाई भूत लागेको आशंका परिवारले गरेपछि बोलाइएका झाँक्री बसिर अन्सारीले बोक्सीको नाम पोलेपछि तीन जना मिलेर राती ८ बजे घरबाट निकालेर सयरालाई मुक्का र थप्पड हानेर कुटपिट गर्दै सडकमा ल्याएर दिसा खुवाएको पीडितकी बुहारी जुनैजा खातुनले बताइन्।
‘श्रीमान घरमा थिएनन, म र सासु घरभित्रै थियौं,’ जुनैजाले भनिन, ‘अचानक घर पसेर लछार पछार गरे। मुक्का र थप्पडले कुटपिट गरे। सडकमा ल्याएर दिसा घोलेर खुवाए उनले भनीन ।

प्क्राउ परेका तीनै जनाको बिषयमा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक उतमराज सुवेदिले बताए। इलाका प्रहरी कार्यालय गडहियाले तीन जनलाई पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएकोे उनले बताए।