भारतीय धनाड्यको सूचीमा मुकेश अम्बानी पहिलो नम्बरमा

374

काठमाडौं । भारतीय ब्यापारी मुकेश अम्बानी  फेरी पनि भारतका सबैभन्दा धनी ब्यक्ति घोषित भएका छन् । उनी बिगत ९ बर्षदेखि पहिलो नम्बरमा रहँदै आएका छन् ।

जी न्युजका अनुसार विश्व चर्चित फोर्ब्स म्यागेजिनको एक सय धनी भारतीयहरुकोे सूचीमा २२.७ बिलियन डलर आम्दानीका साथ मुकेश अम्बानी पहिलो नम्बरमा परेका हुन् ।
फोब्र्सको दोस्रो धनी भारतीयमा १६.९ बिलिन डलर आम्दानीका साथ दिलीप शांगभी छन् ।
१५.२ बिलियन डलरका साथ हिन्दुजा ग्रुप तेस्रो स्थानमा छ । १५ बिलियन डलरका साथ बिप्रोका अजिम प्रेमजी चाैथो स्थाजमा छन् ।
यसैगरि पाँचौ नम्बरमा पल्लोनजी मिस्त्री, छैटौं नम्बरमा लक्ष्मी मित्तल, सातौंमा गोद्रेज परिवार, आठौंमा शिब गोदार, नवौंमा कुमार मंगलम बिरला र दशौंमा साइरस पुनावाला छन् ।यसैगरी नेपाली मुलका आचार्य बालकृष्ण २.५ बिलियन डलर आम्दानी संगै ४८औं स्थानमा छन् । उनी फोर्ब्सको धनी भारतियको सूचीमा पहिलो पटक अटाएका हुन । उनी स्याङ्गजाका हुन् ।