मन्त्रीपरिषद बैठकका चार निर्णय

68

काठमाडौं ६ असोज, । आज बसेको मन्त्री परिषद बैठकले महत्वपूर्ण चार वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरमा बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको हो ।

१. टेलिकममा राजभण्डारीः सरकारले नेपाल टेलिलकमको प्रबन्धक निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले राजभण्डारीलाई प्रबन्धक निर्देशक नियुक्त गरेको हो ।

 

प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारी तीन जना प्रतिस्पर्धीमध्येबाट छानिएकी हुन् । सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा गठित छनौट समितिले अन्तिम तीन जनामा सुनिल पोखरेल, मदन खरेल र राजभण्डारीको नाम सिफारिस गरेको थियो ।

२. मधेश आन्दोलनका घाइतेलाई उपचार खर्चः सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएकाको उपचारमा लागेको खर्च मधेसी मोर्चाले पेश गरेको बिलका आधारमा निकासी गर्ने निर्णय गरेको छ । बैठकले मधेसी मोर्चाले पेश गरेको बिलको आधारमा १ करोड ४० लाख रुपैयाँ निकासी गर्ने निर्णय भएको सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।

३. हलिया पुनर्स्थापना: मन्त्रपिरिषद बैठकले मुक्त हलियाको पुनस्र्थापना आगामी दुइ वर्ष भित्र गर्ने निर्णय गरेको छ ।

४. सातै प्रदशेमा न्यायाधिवक्ताको कार्यालयः मन्त्रीपरिषद बैठकले उच्च अदालत गठन भएका सातवटै प्रदेशमा न्यायाधिवक्ताको कार्यालय गठन गर्ने निर्णय पनि गरेको छ ।