संघको साधारण सभा मंसीरमा

146

बीरगंज ४ असोज । नारायाणी यातायात बस ब्यवसायी संघले आगामी मंसीर ३ गते आफनो ९ औ साधारण सभा गर्ने निर्णय गरेको छ । बुधवार सम्पन्न संघको बैठकले यस्तो निर्णय गरेको संघका उपाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए । साधारण सभा लक्षीत गरि संघमा आवद्ध रहेका सदस्यहरुको सदस्यता कार्तिक ३ गते भित्र नविकरण गरिसक्नु पर्ने निर्णय गरेको संघका सहसचिव भूपेन्द्र साहले बताए ।
साधारण सभाका संघले गरेको आर्थिक हरहिसावको प्रतिवेदन प्रस्ुतत गर्न कोषाध्यक्ष शम्भू साहलाई जिम्मेवारी दिएको छ । संघले केही कर्मचारीहरुलाई स्थायी रुपमा नियुक्ति दिने समेतको निर्णय गरेको छ । संघमा विवाद भएको देखाएर संघलाई कमजोर बिभाजित बनाउन चाहने केही ब्यक्तिहरुको सपना संघको निर्णयले चक्नाचुर भएको छ । संघमा द्वण्द्व सृजना गरेर आफ्नो दुनो सोझ्याउन चाहनेहरुको मुखमा बुझो लाग्ने गरि भएको निर्णयले ब्यवसायीमा भने उत्साह संचार भएको संघका अध्यक्ष बिनोद श्रेष्ठले बताए । संघले गरेको निर्णयको बारेमा स्थानीय प्रशासनलाई समेत अवगत गराइएको संघले जनाएको छ । बैठक संघका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।