अस्पतालको बिकासकालागि मानव साङ्गलो

572

वीरगंज ७ असोज ।
नारायणी उपक्षेत्रीय अस्पतालको चौतर्फी बिकासको माँग गर्दै सदभावना पार्टी नगर कार्य समिति वीरगंजले आज वृहत मानव साङ्गलो प्रर्दशन गरेकोे छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा प्रर्दशन गरिएको मानव साङ्गलो नारायणी उपक्षेत्रीय अस्पताल परिसर देखि विर्ता मन्दिर सम्म प्रर्दशन गरिएको थियो ।
पाँच सय सैयाको भौतिक पुर्वाधार सहितको भवन निर्माण गर, लक्षित वर्गलाई निशुल्क औषधी को ब्यवस्था, चिकित्सक एवं कर्मचारीको नियमित सेवा , ब्यवस्थित प्रयोगशाला ,सरसफाईलाई प्राथमिकता , भ्रष्टाचारको अन्त्य ,क्षेत्रीय अस्पतालमा स्तरउन्नती , बिरामीकोलागि गुणात्unnamed-1मक खानाको ब्यवस्था गर्न माग गर्दै मानव साङ्गलो प्रर्दशन गरिएको हो ।
मानव साङ्गलोमा पतञ्जली योग शिबिर पर्साका युनिभर्सल पिस फेडरेसन वीरगंज युवा समाज ,,स्वतन्त्र मानव अधिकार समाजका प्रतिनिधि सहित बिभिन्न राजनीति दल , नागरिक समाज ,बिद्यार्थी ,युवा तथा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
मानव साङ्गलो पश्चात नारायणी उपक्षेत्रीय अस्पताल प्राङ्गनमा आयोजित कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले नारायणी उपक्षेत्रीय अस्पतालको बिकास आफुहरुले चरणवद्ध दवाव दिने बताए । साथै सरार्फले अभियानमा सहयोग पुरयाउने सम्पुर्णमा आग्रह गरेका थिए । सो अवसरमा सदभावना पार्टीका केन्द्रीय सदसय निजामुदिन समानी, नयाँ शक्तिका केन्द्रीय सदस्य मोनिका सिंह, युवा नेता धर्मेन्द्र पटेल, महिला मंचका जिल्ला अध्यक्ष रेखा साह, नगर लगायतको उपस्थिति रहेको थियो ।