करेन्ट लागेर अन्सारीको मृत्यु

176

बीरगंज ७ असोज
कौवावन कटैया गाविसको वडा नं १ निवासी २६ वर्षिय अलीहसन अन्सारीको शुक्रवार करेन्ट लागेर मृत्यु भएको छ ।
घरको धारामा जडान गरिएको विद्युतीय मोटरको तार मिलाउने क्रममा उनलाई करेन्ट लागेको हो । उनलाई तत्काल बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।
करेन्ट लागी गम्भिर बिरामी भएका अन्सारीलाई प्रहरी भ्यानमा राखी इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका सुरक्षाकर्मीले उपचारका लागि उपक्षेत्रीय अस्पताल लगेका थिए ।