गोल्डेल फ््युचरमा विज्ञान प्रदर्शनी

176

वीरगन्ज ७ असोज
वीरगंज उपमहानगरपालिकाको रानीघाटमा रहेको गोल्डेल फ्यूचर उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बनाएका सामाग्रीहरुको शुक्रवार प्रदर्शन गरेका छन् । विज्ञान सम्बन्धी बनाइएका विभिन्न सामाग्रीहरुको शुक्रवार विद्यालय परिसर भित्र प्रदर्शनी गरिएको हो । उक्त विज्ञान प्रदर्शनीको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले उदघाटन गरेका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्साका जिल्ला शिक्षा अधिकारी राम विनय सिंहले निरिक्षण गर्दे विद्यार्थीहरुको आविश्कारको सराहना गरेका थिए । निम्म माध्यमिक र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुले नमुनाका रुपमा स–साना कुलर, डोजर,डुंगा, रिमोट कन्ट्रोलबाट नियन्त्रीत केबलकार विद्युत निकाल्ने टरवाईन,र दिमाग परिक्षण गर्ने बत्ति जडित यन्त्रहरु बनाएर चलाई प्रदर्शन गरेका हुन । उक्त विज्ञान प्रदर्शनीमा विद्यार्थी, शिक्षक,अभिभावक,स्थानिय समाजसेवी,स्थानिय राजनितिकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका निर्देशक उमेश चौरसियाको अध्यक्षतामा प्रदर्र्शनी उदघाटन समारोह सम्पन्न भएको थियो ।उदघाटन समारोहमा बोल्दै पर्साका प्रहरी प्रमुख राजुबाबु श्रेष्ठले यसरी विज्ञान सम्बन्धी सामाग्री बनाउन सक्ने विद्यार्थीहरुले भोलिको दिनमा देशका लागि ठुलै योगदान दिन सक्ने बताए । जिल्ला शिक्षा अधिकारी राम विनय सिंह ले विद्यार्थीहरुको कार्यको प्रसंशा गर्दै भोलिको सफल भविष्यको कामना समेत गरेका थिए । त्यस्तै बीरगंज युवा समाजका अध्यक्ष कमल चौगाईले विद्यार्थीहरुको आविष्कारको खुलेर प्रसंशा गरेका गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका शिक्षक दिपक गुप्ताले गरेका थिए ।