रेडियो भवन तोडफोड बिरुद्ध संचार र राजनीतिक क्षेत्रद्वारा आलोचना

128

बीरगंज ७ असोज । बिहीबार राति सरकारले रेडियो धादिङ एफएम १०६ मेगाहर्जको प्रसारण केन्द्र डोजर लगाएर भत्काएकोमा विभिन्न सञ्चार संस्था र राजनीतिक दलहरुले विरोध गरेका छन् ।
नेकपा एमालेका प्रचार बिभाग प्रमुख योगेश भट्टराईले एक प्रेस बिज्ञप्ति जारी गर्दै आफनो पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन । बिज्ञप्तिमा सामुदायिक रेडियोको कार्यालयमा मध्यरातमा आक्रमण गर्नुले सरकारी निकायको गैरजिम्मेवारी र जिल्लास्थित अधिकारीहरुको पूर्वाग्रह मात्र झल्किएको छैन, कानुनी राज्यको समेत खिल्ली उडाइएको छ ।
भट्टराईद्वारा जारी बिज्ञप्तिमा हाम्रो पार्टी सामुदायिक रेडियो धादिङ एफएम १०६ मेघाहर्ज बन्द गर्ने उद्देश्यका साथ गरिएको आक्रमणको घोर भत्सर्ना गर्दै यथाशीघ्र क्षतिपूर्तिसहित रेडियो सुचारु गर्ने व्यवस्था मिलाउन माग गर्दछ भनिएको छ । नेकपा एमालले सञ्चारमाध्यमहरुलाई आतंकित पार्ने यस्ता काममा संलग्न सरकारी अधिकारीहरुमाथि कडा कारबाही गरी फेरि यस्ता गलत क्रियाकलाप नदोहो¥याउने व्यवस्था मिलाउन बिज्ञप्ति मार्फत जोडदार माग गरेको छ ।
नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाmल सामुदायिक रेडियोहरुको विश्व संगठन ९अमार्क०, मिडिया सोसाइटी नेपाल, सामुदायिक रेडियो प्रसारक संघ [अकोराब], ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल [बान], नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ [निक्कु], सामुदायिक वन उपभोक्ता महासंघ, गैरसरकारी संस्था महासंघ [गैसस]स०, खानेपानी तथा सरसफाइ उपभोक्14370277_10208988912552723_8457839197172922878_nता महासंघ नेपाल, विभिन्न मानव अधिकारकर्मी संघसंस्थालगायतले घटनाको भर्त्सना गर्दै घटनाप्रति ध्यानाकर्षण गराएका छन् ।
‘रेडियोकर्मीहरु घरभित्रै रहेको अवस्थामा बाहिर निस्कनसमेत नदिई आक्रमण गर्नुजस्तो सरकारको अमानवीय एवं आतंककारी गतिविधिको कडा शव्दमा निन्दा र भत्सर्ना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
रेडियो धादिङ एफएम १०६ मेगाहर्जको प्रसारण केन्दको भवन, यन्त्र उपकरण, सोलार प्रणालीलगायत सम्पूर्ण सरसामानहरु डोजर लगाएर नष्ट गरिएको थियो ।