युएईको रमझम ‘भर्चुअल सम्बन्ध’

733

नवराज फुयाँल

काठमाडौँका पाबेल केसी बैदेशिक रोजगारिका निम्ति हाल दुबइमा छन् । उनि दुवइ आएको झण्डै एक बर्ष पुग्न लाग्यो । शुरुका दिन घरको यादले होमसिक नै बनाएको थियो केसीलाइ । विस्तारै दिन वित्दै गयो, महिना वित्यो । समय संगै उनी यतै रत्तिन लागे ।

संगै काम गर्ने पुराना साथीभाइको संगत, र यहाँको स्वतन्त्र बातावरण नै उनलाई घरको याद विर्साउने माध्यम बन्यो । फेसबुक, मेसेन्जर ह्वाट्सएप, भाइबर जस्ता सामाजिक सञ्जालको प्रयोग उनले नेपालमा हुँदै गरेका थिए । दुबई आइसकेर पनि कहिले काहि हुने टेलिफोन कुराकानी बाहेक फेसबुक र म्यासेन्जरबाटै उनी घरको खबर लिइरहन्थे ।

तर दुवइ आए पछि भने साथीहरुको देखासिखिमा केसीले स्कट (SKOUT)  भन्ने मोबाइल एप्लिकेसन पनि चलाउने थाले । यो एप्लिकेसन पनि फेसबुक, मेसेन्जर जस्तै हो । विशेषगरी फिलिपिनो, थाई र अन्यमुलुकका युवा–युवतीहरु यो एप्लिकेसनमा भेटिने गर्छन् । कतिपय यौनकर्मिहरु समेत आफ्नो प्रोफाइल फोटो र जानकारी सहित यो एप्लिकेसनमा भेटिन्छन् । दिनहुँ जसो स्कट ९क्प्इग्त्० सफरिङ गर्ने बानि प¥यो केसीलाइ पनि ।

गोलो अनुहार, नसालु आँखा, लालुपाते ओठ, सुलुत्त परेको छिनेको ज्यान । हेर्दा जो पनि लट्ठै पार्ने प्रोफाइल फोटो । यस्तै यस्तै प्रोफाइल फोटो छान्दै हाइ हेल्लो गर्दै देखे सम्म राम्री राम्री लाग्ने युवतीलाई म्यासेज पठाउँदै जान्छन् पाबेल । एक दिन हाइ, गुड मर्निङ भन्दै विहानै सुतिरहेको अवस्थामा आएको फिलिपिनो युवती लिजाको रिप्लाई म्यासेजले भने पाबेललाई एकोहोरो नै   बनाइदियो ।

गोरो र हंसिली अनुहारकी लिजा संग त्यसै दिन देखि दिनहुँ म्यासेज आदान प्रदान हुन थाल्यो । मोबाइल नम्बर साटासाट भयो । म्यासेजमा मात्रै सिमित नरहि मोबाइलबाटै कुराकानि हुन थाल्यो । मोबाइलमै मायाँ पिरतीका मुना पलाउन थाले । विस्तारै विस्तारै मोबाइलमै यौनका कुरा शुरु भयो । भेटघाट पनि भयो । हाइ हेल्लो बाट शुरु भएको उनीहरुको सम्बन्ध अहिले बेडरुम सम्म पुगेको निर्धक्कका साथ सुनाउँछन् पाबेल । मोजमस्ति गर्ने बेला नै यहि हो अहिले नगरे कहिले गर्ने । नेपाल फर्के पछि फेरी दुबई आइन्छ आइन्न <

उसो त घरमा बुवा मुमा, र एक भाई छ क्षेत्रीको । उनकै आयश्रोतको भर हो घर चल्ने आधार पनि । तर अहिले फिलिपिनो युवतीसंगको उठबसले उनले घरमा पैसा पठाउन पनि कटौती गरेका   छन् ।

विदाका दिन -प्रायः शुक्रबार_ ति युवती संग घुम्नै प¥यो । नाइट स्ट्याण्ड भन्दै होटलमा बस्नै प¥यो । रमाइलो गर्नै प¥यो । त्यसै त दुबइको महंगी । यसरी महिनाभरि जोतिएर अन्तिम दिन आएको पैसा अर्को २ साता नवित्दै रमाइलोमा सकिन थाले पछि बाँकी २ साताका लागी ऋण खोजेरै भए पनि पैसाको जोहो गर्न भ्याउँछन् उनी । त्यस पछि फेरि तलब आउँछ । उसै गरी सकिन्छ । दुबईमा सामान्य तलबमा काम गर्ने पाबेलको यो क्रम महिनौँ देखि यसरी नै चल्दै आएको छ ।

आर्थीक रुपमा सबल बन्न भन्दै घरमा ३ बर्षको सानो छोरा, श्रीमती र बुवा आमालाई छाडेर युएई छिरेका चितवनका दिपेस विक फुजेरा स्थित एक ट्रेडिङ कम्पनीमा काम गर्छन । उनी पनि एक फिलिपिनो युवती संग यसै गरि स्कट (SKOUT)  कै माध्यमबाट नजिकिए । स्कटमा सफरिङ गर्दा भेटिएकी टिना संग शुरुका दिनमा स्कटमै म्यासेज आदान प्रदान गर्थे । त्यसताका सामान्य औपचारिक कुराकानी हुन्थ्यो उनी सम्झन्छन । विस्तारै दैनिक कुराकानी हुन थाले पछि भने मनका भावना आदान प्रदान हुन थाले । त्यस पछि अहिले उनीहरुको सम्बन्ध पनि बेडरुममै पुगेको विक खुलेर बताउँछन । विक भन्छन,  यहाँ कसैले चिन्दा पनि चिन्दैन । को के गर्दै छ चिहाएर हिड्ने कसैको फुर्सद पनि छैन । त्यसैले जे गरे पनि गाउँ घरमा कसैले थाहा पाउने होइन क्यारे <

युवाहरुसंग सम्बन्ध भए पछि प्रायः फिलिपिनो युवतीहरुले विहे नगरे पनि सन्तानको भने इच्छा राख्ने गरेको अनुभव सुनाउँछन विक । आफुलाई पनि टिनाले सन्तानको चाह देखाएको उनले बताए ।

ति युवती संग सम्बन्ध बढे पछि विकले पनि घरमा पैसा पठाउन कटौती गर्नु परेको छ । यहाँ आएको बर्ष दिन सम्म उनले निकै मेहनत गरे । आफुलाई साधारण खर्च राखेर कमाएको जम्मै पैसा उनले घरमा पठाउने गर्थे । तर अहिले तलबको आधा मात्रै घर पठाएर आधा यतै राख्ने गरेका छन् ।

उनी भन्छन् कमाएको पैसा घुमघाम गर्दै सकिहाल्छ । यसो रमाइलो पनि त गर्नु प¥यो नि । कमाउने समय त अझै धेरै छ नि ।

फिलिपिन्स, थाइल्याण्ड लगायतका देशका युवायुवतीहरु यौनको मामिलामा उदार छन् । त्यसैले पनि उनीहरु आफ्नो अनुकुल यस्ता सम्बन्धमा रहन्छन् । नेपाली युवाहरु भने गोरो छालाकै पछि लागेर हिँड्ने गर्दा घरपरिवार राम्रो संग पाल्ने सपना बोकेर आएका उनीहरु यतै भुल्न पुग्छन् ।

स्कट (SKOUT)  एप्लिकेसन युएईमा अहिले डेटिङ साइटको रुपमा विकसित भएको छ । फेसबुक, म्यासेन्जर, ह्वाट्सए, भाइबरमा पनि यस्ता सम्बन्धहरु नजोडिने होइनन् तर विल्कुलै अपरिचित र फरक मुलुकका युवायुवती विच भेटघाट गराउने सजिलो माध्यमको रुपमा रहेको छ स्कट ९क्प्इग्त्०  ।

नेपाली युवाहरु मात्रै होइन युवतीहरु पनि यस्तो सम्बन्धमा थुप्रै छन् । कतिपय नेपाली युवतीहरु पनि नेपाली तथा अन्य मुलुकका युवाहरुसंगै लिभिङ टुगेदरमै बसिरहेका पनि भेटिन थालेका छन ।

अधिकांस यस्ता भर्चुअल सम्बन्ध यहाँ बसुन्जेल समय कटाउन र रमाइलोका लागी हुने गरेको सुनाउँछन केसी । रात गए बात गए भने झै मुलुक फिर्ता भए पछि भने केहिको सम्बन्धले पूर्णता पाए पनि धेरै जसो यस्ता सम्बन्धले विराम लिने गरेको भेटिएको छ ।

तर यस्ता सम्बन्धले कमाउनका लागी विदेश छिरेका कयौँको सपना भने टुक्र्याइ दिएको छ । कमाएको पैसा यतै खर्च हुँदा केहि रित्तो हात घर फर्किएका भेटिने गरेका छन् भने कोहि केहि खर्च जोडेर फर्किएका । त्यसैले आफु के का लागी विदेश छिरेको त्यो सम्झेर काम गरे मात्रै देखेको सपना पुरा हुन सक्छ । अन्यथा रमझममा झमझम हुन थालियो भने न त तपाइले सोचे जस्तो हुन्छ न त खोजे जस्तो नै ।