चारजनाको उद्धार, पूर्वगृहमत्रीघिमिरेसहित तीनजनाको खोजी कार्य जारी

161
फाइल तस्विर

ठमाडौंः पूर्व गृहमन्त्री तथा गृह सचिव माधवप्रसाद घिमिरे सवार त्रिशुलीमा खसेको कारमा सवार चार जनाको उद्धार भएको छ । । दुर्घटनाको जानकारी लगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । दुर्घटनामा परेको कारमा पूर्वमन्त्री घिमिरेसहित सातजना सवार थिए ।
ती मध्ये चारजनालाई प्रहरीले जीवितै उद्धार गर्न सफल भएको छ। जीवितै उद्धार गरिएका चारजनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
उद्दार गरिएकाहरूमा घिमिरेका अंगरक्षक सशस्त्र प्रही नायव निरीक्षक आरसी कार्की, प्रहरी हवल्दार विष्णु राई, नारायणप्रसाद घिमिरे र नाम नखुलेकी एकजना महिला छन् ।
प्रहरीकाअनुसार पूर्वगृहमन्त्री घिमिरेसहित तीनजना अझै बेपत्ता रहेका छन् । घिमिरे खिलराज रेग्मी मन्त्रिपरिषद्‍मा गृहमन्त्री भएका थिए । उनी नेपालको कर्मचारी प्रशासनमा कुशल प्रशासककारुपमा परिचित थिए । नारायगढबाट काठमाडौंतर्फ जादै गरेको अवस्थामा चितवन जिल्लाको दारेचोक गाविस ३ स्थित घोप्टेभिरबाट उनी सवार घिमिरे सवार बा ९ च १५३१ नम्बरको कार त्रिशूलीमा खसेर वेपत्ता भएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार त्रिशूलीमा खसेपछि त्यसमा सवार यात्रुको खोजीकार्य जारी रहेको छ । सातजना यात्रुसहितको कार त्रिशूलीमा खसेको थियो । कार पुरै पानीमा डुबेकाले कुरिनटारबाट सशस्त्र प्रहरीका गोताखोरहरु ल्याएर उद्धार थालिएको थियो । यसैवीच प्रधानमंत्री पुष्प कमल दाहालले घिमिरेको खोजी कार्यकोलागि निर्देशन दिएका छन