जरायोको सिंङ्गसहित एक भारतीय पक्राउ

158

बीरगंज ९ असोज ।प्रहरीले जरायोको एक थान सिङ्ग सहित एक जना भारतीयलाई पक्राउ गरेको छ । भारतको राजस्थान खापुरा थाना धोधे गाउ बस्ने ६० वर्षको शन्नी तिवारीलाई प्रहरीले शनिवार पक्राउ गरेको हो । उनलाई बीरगंजको वडा नं १० वसपार्क क्षेत्रकाट पक्राउ गरेको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जनाएका छन । प्रहरीले तिवारीको साथबाट २ फिट ५ इन्च लामो फेदको भाग ६ इन्च गोलाई भएको जरायोको सिंहङ्ग बरामद भएको जनाएको छ । तिवारीलाई आवश्यक कारवाहीकोलागि जिल्ला बन कार्यालय पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।