जुवा खेलेको भन्दै सात बिरुद्ध मुद्धा

272

बीरगंज ९ असोज । प्रहरीले जुवा खेल्ने ठ जनालाई नियनत्रणमा लिएको छ । प्रहरीले बीरगंज उपमहानगरपालिका वडा नं ९ को ब्रहम्देव चौधरीको घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । शनिवारको दिन फूर्सदको समय उपयोग गर्न घरमै तास खेल्न बसेकाहरुलाई जुवाडे भन्दै प्रहरीले नियन्त्रणमा लिएको स्थानीयले आरोप लगाएका छन । प्रहरीले ६२ जर्षिय ब्रहमदेव चौधरी ,३३ वर्षिय अरुण जयसवाल,४३ वर्षिय अशोक मित्तल,४३ वर्षिय रमेश कुमार साह,५२ वर्षिय भगत साह र २७ वर्षिय पिन्टु अग्रवाललाई नियन्त्रणमा लिएको हो । उनीहरु बिरुद्ध प्रहरीले जुवा ऐन अन्र्तगत मुद्धा चलाएर म्याद थप गरेको छ । प्रहरीले जुवाखालबाट ३२ हजार ५ सय नगद तीन बुक तास पनि बरामद गरेको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले जनाएका छन ।