अस्पतालको बिषयमा अन्तरक्रिया हुने

343

वीरगंज १४ असोज । सदभावना पार्टी वीरगंज नगर कार्यसमितीले नारायणी उपक्षेत्रिय अस्पतालको बिकास एवं सुधारको लागि जारी अभियानलाई निरन्तरता दिदै यहि असोज २० गते बिहिबार अस्पतालको सभा हलमा अन्र्तक्रिया गर्ने निर्णय गरेको छ ।
अन्र्तक्रियामा पर्साबाट प्रतिनिधितव गर्ने सांसदहरु ,राजनितीक दलका प्रतिनिधीहरु ,नागरिक समाजका अगुवा, अस्पताल युनिटका जिम्मेवार व्यक्तिहरु, सरोकारवाला लगायत बिभिन्न संघ संस्था र समाजका जिम्मेवार सवै पक्षलाई सहभागि गराउने योजना रहेको वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफले बताए ।
वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको अध्यक्षतामा बसेको बैठकले यसै गरी बैठकले वीरगंज उपमहानगरपालिकाले बिना मापदण्ड पुरा गरी धमाधम वीरगंजका वडाहरुलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेको जन गुनासोलाई मध्य नजर गर्दै यहि असोज १६ गते आईतबार वीरगंज उपमहानगरपालिकामा ध्यानाकर्षण गराउने निर्णय गरेको छ

बैठकमा पर्सा जिल्ला सचिव ध्रमेन्द पटेल,नगर उपाध्यक्ष द्वय सुरेस साह कानु,दिपक साह,कोषाध्यक्ष पन्नालाल प्रसाद कुर्मी,सह–सचीव संजय पटेल, लगायतको उपस्थिति रहेको थियो ।