बीरगंजको वडा नं ९ खुलादिशामुक्त घोषणा

221

बीरगंज असोज । बीरगंज उपमहानगरपालिका वडा नं ९ खुला दिशामुक्त घोषणा भएको छ । शुक्रवार एक समारोहवीच वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो । बीरगंज उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत प्रकाशमान अमात्यले वडालाई खुला दिशामुक्त घोषणा गरेका हुन । माइस्थान बिद्यापीठमा वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष एवं वडा सचिव बिजय शाहको अध्यक्षतामा कार्यक्रम भएको हो । वडाका ८ घर बाहेक अन्य घरमा शौचालय भएको र शौचालय नभएका घर परिवारले पनि शौचालय निर्माण कार्य शुरु गरेकोले वडालाई खुला दिशामुक्त घोषणा गरिएको हो । घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,पत्रकार महेशचन्द्र गौतम,बिभिन्न राजनीतिक दल संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कमला गिरीले संचालन गरेको कार्यक्रममा समाजिक परिचालक चन्द्रमा भट्टराईले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन ।