रक्सौलमा कोरेक्स बार नेपाली युवाको सत्यनाश

644

बीरगंज असोज ।

लागुऔषध सेवनकर्ताकालागि बीरगंजसंग जोडिएको सीमावर्ती शहर रक्सौल मुख्य केन्द्र बनेको छ । यसैपनि रक्सौल लागू औषध सेवनकालागि मात्रै हैन खरिदको पनि केन्द्र हो । पछिल्लो पटक रक्सौलमा औषधी पसलले नै “कोरेक्स बार” संचालन गरेपछि कुलतमा लागेका युवाहरुकालागि त्यस्ता बारहरु सुरक्षीत  केन्द्र बनेका छन । रक्सौलको  मयूरीगल्ली, डङ्कनरोड, हुलाक कार्यालय रहेको क्षेत्रका औषधी ब्यवसायीहरुले त्यस्ता बारहरु संचालनमा ल्याएका छन ।  बारमा टेबुल, कुर्सी र पानीका बोतल राखिएको हुन्छ । युवाको मागअनुसार टेबुलमा लागुऔषध सजिलै आउने गर्दछ ।

बाहिर लागुऔषध सेवन गर्दा पक्राउ पर्ने डरले युवाले त्यस्तो बारको सहारा लिने गरेको वीरगन्जका एक युवाले बताए।

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण लागुऔषध सेवन र ओसार पसार सहज नै थियो तर बार नै संचालन हुनु सेवनकर्ताहरुकोलागि झनै राम्रो भएको  छ । भारतीय प्रहरी र नेपाल प्रहरीको समन्वयमा काम गरे मात्र यस्ता बारहरु निरुत्साहित हुन सक्छन । भारतीय बजार रक्सौलका औषधी ब्यवसायीहरुले चिकित्सकको प्रिस्कृपशन बनाएर दिने गरेका छन । प्रिस्कृपशन भएपछि भारतीय प्रहरीले पनि केही गर्न नसकेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको एक तथ्याङ्कअनुसार अघिल्लो वर्षको साउनदेखि चालु वर्षको भदौसम्म १६२ जना लागुऔषध ओसारपसार तथा सेवन गर्नेलाई पक्राउ गरी कारबाही चलाइएको छ ।