संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा, मोर्चाले धोका दिएको निष्कर्ष

193

बीरगंज १४ असोज बैकल्पीक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्नै भन्दै शुक्रवार बिभिन्न राजनीतिक दलहरुले संयुक्त राष्ट्रीय गठबन्धनको घोषणा गरेका छन । गठबन्धनले राष्ट्रीय राजनीतिक सभाको आयोजना गरेर सम्बिधानलाई सर्वस्वीकार्य बनाउनु पर्ने आफ्नो मत सार्वजनीक गरेको छ । जनताको न्यायपूर्ण आन्दोलनलाई मोर्चाले धोका दिएको भन्दै राष्ट्रीय गठबन्धनले जनताको पहिचान स्वाभिमान र बिभेदको अन्त्यकोलागि संघर्षको नेतृत्व गर्ने जनाएको छ । पहिचान र सामथ्र्यको आधारमा प्रदेशको निर्माण र संरक्षीत क्षेत्रहरु सहितको स्थानीय निकायको पूर्नसंरचनाको गरिनु पर्ने उसले बनाएको छ । गठबन्धनले राज्यका सबै निकायमा जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रनिधित्व र महिलाहरुको ५० प्रतिशत प्रतिनिधित्वको ग्यारेन्टी गर्ने धारणा ब्यक्त गरेको छ । गठबन्धनल सबै तहको निर्वाचनमा पूर्ण समानुपातीक निर्वाचन प्रणाली अवलम्बन गर्ने भनेको छ । गठबन्धनले आफना धारणाहरुलाई स्थापीत गर्न संघर्षको कार्यक्रम समेत सार्वजनीक गरेको छ । गठबन्धनले अहिलेको ब्यवस्थापिका संसद मुलुकमा देखा परेको समस्या समाधान गर्न असफल भएकोले राष्ट्रीय राजनीतिक सभाद्वारा निकास निकाल्नु पर्ने गठबन्धको धारण रहेको गठबन्धनको एउटा घटन संघीय नवबिचार समुहका नेता राजकुमार यादवले बताए ।
गठबन्धनमा संघीय नवबिचार समुहका रिजवान अन्सारी, लोकदलका अध्यक्ष कौशल सिंह, नेकपा अध्यक्ष ऋषिराम कट्टेल, नेकपा समाजवादीका प्रकाश अधिकारी लोकतानित्रक पार्टी नेपालका जीवन साह, आम आदमी पार्टीका अशोक यादव मधेशी जनता पार्टीका महेश कलवार,बहुजन समाज पार्टीका गंगा महरा,दलीत मुसिलम श्रमीक पार्टीका रन्जीत पासवान र नेपाल पिछडा वर्ग महासंघका इन्दिरा साहले नेतृत्व गरेका छन ।