सेन्टजोन्समा नेत्र परिक्षण बिद्यार्थीलाई निशुल्क सेवा

197

बीरगंज असोज । बीरगंज आँखा तथा दाँत अस्पतालले शुक्रवार बीरगंजको सेन्टजोन्स बिद्यालयमा निुशुलक नेत्र शिविर संचान ग¥यो । शिविरमा शिद्यालयका २ सय ५५ जना बिद्यार्थीको नेत्र परिक्षण भएको अस्पतालका संचालक अनवर अलीले बताए । परिक्षण गरिएका मध्य ५२ जना बिद्यार्थीको आँखामा समस्या रहको पाइएको छ । उनीहरुकालागि अस्पतालले उपचारको ब्यवस्था गर्ने अलिले बताए । उनले बिद्यालयमा परिक्षण गरिएको कागज सहित बिद्यार्थीहरु अस्पतालमा आए उपचार सेवा निशुल्क उपलब्ध हुने बताए ।े बिद्यार्थीहरुलाई अस्पताल आउन र निशुल्क उपचार गराउन भनेका छौ उनले भने बिद्यार्थीहरुको आँखाका बिषयमा अभिभावक पनि गम्भिर हुन जरुरी छ । अस्पतालले हरेक शुक्रवारका दिन बिद्यालयमा नेत्र परिक्षणको काम गर्ने कार्यक्रम बनाएको अलीले बताए । हरेक शुक्रवार चिकित्सक सहित ८ जनाको टोलीले बिद्यालयमा शिविर संचालन गर्दै आएको उनले बताए । गुणस्तरीय सेवा प्रदान गर्दै आएको बीरगंज आँखा तथा दाँत अस्पतालले दक्ष चिकित्सक तथा उच्चस्तरीय उपकरणको माध्यमले उपचार सेवा दिदै आएको छ ।