एमालेलाई सहयोग गर्नेहरु सम्मानीत

237

वीरगंज, १५ असोज  । नेकपा एमाले बीरगंज उपमहानगरपालिका वडा नं २६ ले वडा दशैं ,तिहार र छठ पर्वको उपलक्ष्यमा आज वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा  शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका  केन्द्रीय बैकल्पीक  सदस्य प्रहलाद गिरी पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादव, सांसद रामचन्द्र साह, राष्ट्रिय उद्योग बिभागका सदस्य बालगोपाल थापा ,स्थानीय नेताहरु मेघराज पासवान, वृज यादव लगायतकाले आ आफनो  शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वीउमनपा वडा नं. २६ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादवको सभापतित्वमा कार्यक्रम सम्पन्न  भएको थियो ।

कार्यक्रममा दोस्रो संबिधान सभामा पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिचारी यादव लगायत पार्टीमा उल्लेखनिय भुमिका निर्वाह गरेका  तथा निर्वाचनमा  पार्टीलाई सहयोग गरेका पोलिटव्युरो सदस्य केदार न्योपाने, राष्ट्रिय उद्योग बिभाग सदस्य बालगोपाल थापा, युवा नेता अरबिन्द सिंह, नेपाल वार एशोसिएसन पर्साका सचिव हरेराम सर्राफ, वडा कमिटी प्रसौनी बिर्ताका पूर्व अध्यक्ष रामनारायण महतो, सचिव लालबाबु कुशवाहा, स्थानीय महिला नेतृ दिपराजी बैठा, अवधकिसोर कुशवाहा, अमल यादव, जयनाथ दास, जोखन पासवान,रामानन्द महतो ,वृज यादव र पत्रकार राकेश साहलाई सम्मान गरिएको वडा अध्यक्ष लालबाबु यादवले बताए ।