बिन्दवासीनीमा निशुल्क दन्त शिविर

628

बीरगंज १५ असोज ।
रोट्रयाक्ट क्लब अफ बीरगंजको आयोजनामा शनिवार बीरगंज उपमहानगरपालिकाको वडा नं २२ बिन्दवासीनी मन्दीर परिसरमा निशुल्क दन्त परिक्षण सम्पन्न भएको छ । क्लबले दन्तपरिक्षण संगसगै मन्दीर परिसरको सरसफाई समेत गरेको ज्ञानेन मिश्रले जानकारी दिए । शिविरमा २ सय २२ जनाको दन्त परिक्षण गरिएको आयोजकले जनाएका छन । शिविरमा डा. प्रेरणा झा,डा.रजीरा खातुन,डा. रोशन झा,डा.निशान्तराज भण्डारी,डा.सुशिल पोखरेल र डा रामसोगारथले बिरामीहरुको दन्त परिक्षण गरेका थिए ।
क्लबका अध्यक्ष प्रकाश गुप्ताको अध्यक्षतामा भएको शिविरमा जीवन,सन्दीप राजेश ,कविता चौधरी,बिभा संगीता लगायतले शिविरको ब्यवस्थापनमा योगदान दिएका थिए ।