शान्ति समाजको अध्यक्षमा गौतम

146

वीरगञ्ज, १५ आसोज, मानवअधिकार तथा शान्ति समाज पर्साका नव निर्वाचित अध्यक्ष अमर गौतमले मानवअधिकारको एजेण्डालाई सापेक्ष र सक्रिय अभियानको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन । शनिवार बीरगंजमा सम्पन्न भएको साधारण सभाले समाजको अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गरेपछि उनले यस्तो प्रतिवद्धता ब्यक्त गरेका हहुन । अध्यक्षमा अमर गौतम चयन भएका छन् । उनले यसअघि पनि कार्यवाहक अध्यक्षको रुपमा समाजलाई नेतृत्व प्रदान गरिसकेका छन् ।
साधारणसभाले उपाध्यक्षमा मुनिन्द्र ठाकुर, सचिवमा प्रेमचन्द्र पटेल, कोषध्यक्षमा सुनिल चौधरी र सहसचिवमा सुरेश पारिकसहित ११ सदस्यीय कार्यसमिति चयन गरेको अध्यक्ष गौतमले जानकारी दिए । भेला समाजका अध्यक्ष परमानन्द पटेलको अध्यक्षतामा भएको थियो ।