बीरगंजको भिस्वा डाँडामा वृहद् सरसफाई

518

वीरगंज, असोज १६
विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल सिद्धान्त अनुसन्धान महाबिद्यालय संघको आयोजनामा आइतवार वीरगंज उपमहानगरपालिका वडा नं। १८ मा रहेको भिस्वा डाँडा र गुम्बा परिसरमा बिहान वृहद् सरसफाई गरिएको हो । संघका वीरगंज शाखा अध्यक्ष हरी लोप्चनको अध्यक्षतामा सम्पन्न सरसफाई कार्यक्रममा पर्साका सहायक जिल्ला वन अधिकृत फरमान मियाँ, श्रीपुर वडा प्रहरीका प्रहरी निरिक्षक ऋषिकुमार ढुङ्गना, सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, भिस्वा युवा क्लबका सचिव ऋषि श्रीवास्तव, प्रहरी चौकी भिस्वाका ईन्र्चाज पंकज कुमार सिंह, सुरजी देवी माध्यमिक बिद्यालयका प्रधानाध्यापक अनिल कुमार वर्णवाल, टाँसीसाङ्ग थारर्वालिङ्ग बौद्ध गुम्बा भिस्वाका अध्यक्ष रामबहादुर लामा, विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपालका शान्ति दूत लक्ष्मीनारायण ओझैया,परिवार दलका पर्सा जिल्ला अध्यक्ष पलटन पटेल लगायतकाले बिशेष सफाई गरेका थिए ।
संघको आयोजनमा भइरहेको ३ दिवसीय शान्ति अभियान कार्यक्रम अन्र्तग पहिलो श्रृङखलामा सरसफाई कार्यक्रम गरिएको संघका अध्यक्ष हरी लोप्चनले बताए । कार्यक्रममा संघका शुभकन्या मोक्तान, जगत बहादुर थिङ, रबिलाल लोप्चन, सविन लामा, सोनु मोक्तान, रमिला मोक्तान लगायतकाले सक्रिय सहभागिता जनाएका थिए ।