​मकवानपुरमा बस दुर्घटना, २ जनाको मृत्यु २६ घाइते

159

बीरगंज १६ असोज । मकवानपुर जिल्लाको चकरीमकरीमा  ना ४ ख ४३०७ नम्वरको यात्रु बस दुर्घटना भएको छ। दुर्घटनामा परि अहिलेसम्म २ जनाको मृत्यु भएको छ। बसमा सवार २६ भन्दा बढी घाइते भएको मकवानपुर जिल्लाका प्रहरी प्रमुख एसपी मिरा चौधरीले जानकारी दिए। चौधरीले भने ुभखरै बस दुर्घटना भएको हो कति मानविय क्षति भयो यकिन भएको छैन। अहिले सम्म २ जनाको मृत्यु र २६ घाइते भएको जानकारी पाएको छु।ु