८१ लाख नगद सहीत जैन पक्राउ पूर्व सभासदद्वारा प्रहरीको आलोचना

9405

बीरगंज १६ असोज ।
लामो समयदेखी अवैध रुपमा बित्तिय कारोवार संचालन गरेर आर्थिक अराजकता निम्त्याउने काममा संलग्न भएका बीरगंजका सन्तोष राजाको रुपमा र्चिचत सन्तोष जैन प्रहरीको फन्दामा परेका छन । जैनले सुर्तिजन्य वस्तुको विक्री वितरण, खाद्य सामग्री र , सुन चांदीका गरगहना तथा सजावटका सामग्रीको कारोवार गर्ने भनेर इजाजत लिएको र्फमबाट हुण्डीको काम गर्दै आइरहेका थिए । अवैध वित्तिय कारोवार अर्थात हुण्डीको कारोबार गरेको आरोपमा पर्सा प्रहरीले जैन सहित अन्य जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत विहार मोजफ्फरपुर जिल्ला सिकन्दरपुर बस्ने ५५ बर्षिय सन्तोष कुमार जैन, निजकी श्रीमति ५० बर्षिय उषा गोयन्का, उनका छोरा ३२ बर्षिय विक्की भन्ने अंकुर जैन, पर्सा जिल्ला लंगडी निवासी ३३ बर्षिय सुनिल कुमार पटेल र विरगंज उपमहानगरपालिका ३ छपकैया बस्ने २३ बर्षिय जिवन ठाकुर रहेका छन् । पटेल र ठाकुर जैनको फर्ममा काम गर्ने कर्मचारी हुन ।
बीरगन्जको आदर्श नगर स्थित न्यु नेहा ओभरसीजमा हुण्डी संचालन गरेको सूचनाको आधारमा छापामारी गर्दा ८१ लाख ४ सय १० रुपया नगद र १ करोड ३२ लाख रुपैयाको चेक सहित ५ जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । वीउपनपा वडा नं. ७ रेश्मकोठी निवासी उषा गोयन्काको नाममा दर्ता रहेको न्यु नेहा ओभरसिजमा बिगत लामो समयदेखी हुन्डीको कारोबार हुदै आएको प्रहरी उपरि14523059_1098561666888596_2421848812471948107_nक्षक श्रेष्ठले बताए । सो फर्म भित्र दैनिक करौडोको हुन्डी कारोबार हुदै आएको थियो । छापामारीको क्रममा फर्मबाट नगद ,चेक सहित १ थान फ्याक्स मेसिन, १ थान पैसा गन्ने मेसिन, मोवाईल ७ थान, विभिन्न बैंकका चेक २४ थान लगाय
तका सामानहरु बरामद गरेको प्रहरी उपरिक्षक डा.राजुबाबु श्रेष्ठले बताए ।
अभियुक्तहरुलाई बैकिङ्ग कसुर अन्तरगत मुद्दा चलाईने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्सा प्रहरीको यो कामलाई भने ब्यापारी एवं पूर्व सभासद ओमप्काश शर्माले भने घुमाउरो पारामा बिरोध गरेका छन । उनले प्रहरीको छापामारीगर्ने काममा आपत्ती जनाएका छन । उनले घुमाउरोपारामा जैनको पक्षलिदै छापामारीमा बीरगंज उधोग बाणिज्यसंघको प्रतिनिधि हुनु पर्ने मा गरेका छन । उनले संघको प्रतिनिधि नराखेर प्रहरीले जर्वजस्ती गरेको आरोप लगाएका छन ।