बुहारी काट्ने ससुरा बिरुद्ध पर्सा प्रहरीमा उजुरी

323
अस्पतालको बेडमा उपचार गराउदै अम्बिका

बीरगंज १७ असोज ।
आफनी श्रीमतीलाई घरेलु हतियार गडासीले हानेर घाइते बनाएको भन्दै छोराले आफ्नै बाबु बिरुद्ध असोज १७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन । मुड्ली गाविस ६ बस्ने २५ वर्षिया अन्जुदेवीलाई उनकै ससुरा ५५ वर्षिय प्रभु राउत कुर्मीले असोज १६ गते साँझ घरेलु हतियार गडासीले हानेर घाइते बनाएका हुन ।
अञ्जुदेवीलाई उनका ससुराले गडासी (घाँस काट्ने हतियार)ले हानेका हुन् । अञ्जुको टाउकोको बायाँ भागमा चोट लागेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहको छ । टाउँकोमा ७ वटा टाँका लगाईएको

गडासीको प्रहारबाट काटिएको ठाउमा लगाइएको टाँका
गडासीको प्रहारबाट काटिएको ठाउमा लगाइएको टाँका

चिकित्सकले बताएका छन् । घरायसी विवादमा १६ गते साँझ साढे ७ बजे ससुरा प्रभुले अञ्जुदेवीलाई धारिलो हतियारले हानेको अञ्जुका श्रीमान अम्बिका पटेलले बताए । अम्बिका र भाई विजय पटेलले कमाएर गाँउमा लगानी गरेको ३४ हजार रुपैयाँको विषयमा छलफल भईरहेको समयमा विवाद भएको थियो उनले भने बिवाद हुदै गर्दा बुवा उठेर जानुभयो एकछिन पछि गोठमा राखिएको गडासी ल्याएर बुहारीको टोउकोमा हाने । अन्जुलाई भन्छामा खाना बनाईरहेकै ठाउँमा देउरानी सोचिता देवीले समातेको र ससुरा हानेको श्रीमानले बताए । १७ गते अम्बिकाले जिल्ला प्रहरी कार्यालय पर्सामा घटनाको बारेमा उजुरी दिएका छन । रोजगारीका कारण अम्बिका पटेल बीरगंजमा बस्दै आएका छन । वीरगञ्जको कुट कारखानामा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका अम्बिाका काहिलेकाही मात्र घर जाने गरेका छन । ज्वाई नहुदा ससुराले छोरीलाई पहिला पनि आक्रमणगरेको अम्बिका बुवा नागेन्द्र राउत कुर्मीले जानकारी दिए । पर्साका एसपी राजुबाबु श्रेष्ठले घटनाबारे गहिरो अनुसन्धान गरिने बताए । उनाँले आरोपीलाई गिरफ्तार गर्न निर्देशन दिईसकेको जानकारी दिए ।