यो बाटो हो की खाल्डो ?

970

बीरगंज १८ असोज ।
बीरगंज उपमहानगरपालिकाका सडकहरु बिग्रिएका छन । ठुला आयोजनाहरु संचालन भएकोले निर्माणको क्रममा बाटोहरु बिग्रिएको भन्दै उपमहानगरले पन्छिदै आएको छ । तर उपमहानगरको वडा नं १७ मा रहेको बीरगंज चीनी कारखाना आगिडको लिंक रोड निर्माणको योजनामा छैन । अरु बाटो बिग्रदा मालवाहक तथा यात्रुबाहक सवारीको अवागमनको सहज निकास बनेको बाटो बिग्रने योजनामा प¥यो । ६० फिट चौडा कुनै अतिक्रमणको चपेटामा नपरेको बीरगंजको एक मात्र बाटो अहिले सुख्खायाम हुदा पनि मालवाहक सवारी फस्ने बाटोको स्तरमा पुग्यो । उपमहानगरपाललिकाको बजेट अर्व भन्दा माथी छ तर यो बाटोको स्तरउन्नती त्यो बजेटको प्रथामिकतामा कहिले पर्ने हो भनेर स्थानीयबासीले प्रश्न गर्न थालेका छन ।
त्यही बाटोमा सोमवार एउटा मालवाहक ट्रक फस्यो त्यसका चालक भन्दै थिए बाटो खराव भएका कारण ट्रक फस्यो । अव ट्रकमा भएको सबै माल झारेपछि मात्र ट्रक निस्कन्छ । न मजदुर छन न ट्रकमै सहयोगी छ एक्लै भएका चालक टुलुटुलु ट्रक फसेको बाटो हेरेर बसेका छन । उनेले दिक्दारी पोख्दै भने यो बाटो हो की खाल्डो ? ।