शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

381

वीरगंज १८ असोज
विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल र सिद्धान्त अनुसन्धान महाबिद्यालय संघले सोमवार वीरगंजमा शान्ति अभियानमा नागगरिको भुमिका बिषयक अन्र्तक्रिया एवं दशैं ,तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
संस्थाका पर्सा जिल्ला संयोजक हरी बहादुर लोप्नको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी डा। डिजन भट्टराई , नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष केसी लामिछाने , नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहम्द मियाँ, जेष्ठ नागरिक मंच पर्साका अध्यक्ष पशुपति बिक्रम शाह, सदभावना पार्टीका वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, नेपाल परिवार दलका पर्सा अध्यक्ष पल्टन पटेल, समाजसेवी शिला अमात्य लगायतकाले आ आफनो शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाका शान्ति दुत लक्ष्मीनारायण ओझैयाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संस्थाका पर्सा सह संयोजक जगतबहादु थिङले कार्यक्रमको सहजीकरण गरेका थिए ।