बीरगंजमा बिज्ञान सम्मेलन

270

बीरगंज १९असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपालको द्रुत आर्थिक बिकासकालागि विज्ञान र प्रविधिको अनिर्वाय रहेको बताएका छन ।
हरिखेतान बहुमुखी क्याम्पसले बुधवार बीरगंजको होटेल भिषूवामा आयोजना गरेको बिज्ञान सम्मेलनलाइ सम्बोधन गर्दै डा.महतले मुलुकलाई औधोगिककीकरण गरेर अगाढि नबढेसम्म बिकास नहुने चर्चा गर्दै उनले बिज्ञान र प्रविधिको माध्यमलेमात्र औधीकीकरण सफल हुने बताए । बिज्ञान र प्रविधि राष्ट्रलाई समृद्ध बनाउने माध्यम भएको चर्चा गर्दै उनले परमपरागत कृषि प्रणालीलाई यान्त्रीकरण गरेर आगाडि बढनु पर्ने आजको आवश्यकता भएको बताए ।

डा.महतले बिज्ञान र प्रविधिको प्रयोगबाट प्रकृतिक स्रोत साधनको अधिकतम सदुपयोग गर्न सके नेपालको उन्नतीको मार्गलाई कसैले रोक्न नसक्ने बताए ।

राजनीतिक अस्थिरतालाई अन्त्य गर्न दलहरु गम्भीर हुन आवश्यक रहेको बताउँदै उनले अब दलीय भागबन्डाबाटमाथि उठेर देश हितका विषयमा दल गम्भीर हुनुपर्नेमा जोड दिए ।
हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा. भगवान यादवको अध्यक्षतमा सम्पन्न सम्मेलनमा समाजसेवी तथा वरिष्ठ उद्योगपति विश्वनाथ साह, सांसद राजेन्द्रबहादुर अमात्य,

सम्मेलनमा सहभागी बिद्यार्थीहरु
सम्मेलनमा सहभागी बिद्यार्थीहरु

पूर्व सभासद आजयकुमार द्विवेदी, नेकपा माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य क्षेत्र बहादुर श्रेष्ठ ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा ,सद्भावना पार्टीका केन्द्रीय सदस्य निजामुद्दिन मन्तब्य ब्यक्त गरेका थिए ।

बि.पी. यादवले संचालन गरेको बिज्ञान सम्मेलनमा बिद्यार्थीहरु रुस्तम हुसेन अन्सारी,सन्तोषीका चौधरी,सदम शेख,नुर सलमा खातुनले बिज्ञान र प्रविधिको आवश्यकता र औचित्यका बारेमा आफनो धारणा राखेका थिए । सम्मेलनमा खेलका माध्यमले बिज्ञानको बिभिन्न पक्षका बारेमा प्राध्यापक र बिद्यार्थीहरुले सवाल जावाफ समेत गरेका थिए ।