युनियनले प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्ने

136

कलैया, १९ असोज
नेपाल प्रेस युनियन बाराको साधारण सभा आठ बुंदे घोषणा पत्र जारी गर्दै बुधबार कलैयामा सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन बारा शाखाका पूर्व केन्द्रीय पार्षद स्व. पत्रकार विनोद प्याकुरेलको स्मृतिमा प्याकुरेल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्न पहल गर्ने भएको छ । पत्रकारहरुको सुरक्षाको ग्यारेन्र्टी, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन संगठन सुदृढिकरण, विस्तार र संविधान कार्यान्वयनका लागि प्रेस युनियनको भूमिकालाई सशक्त बनाउनु पर्ने जस्ता बिषयहरु घोषणा पत्रमा उल्लेख छन । बारा जिल्लामा रहेका पूरातात्विक महत्व बोकेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण ,त्यसैगरी राष्ट्रिय महत्वसँग जोडिएको गौरवका आयोजनाहरु अन्तराष्ट्रिय विमानस्थल, फास्ट ट्रयाक निर्माणकालागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउने राजनीतिक सहमतीको आधारमा तराई मधेशको समस्याको निकास खोजन सरकारलाई आग्रह गर्ने कुरा घोषणा पत्रमा उल्लेख छ ।
युनियनका नारायणी अञ्चल संयोजक संजय कार्कीको संयोजकत्वमा घोषणा पत्र जारी गरिएको हो । यसअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मंसुरले युनियनको साधारण सभाको उद्धघाटन गरेका थिए ।
साधारण सभामा नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुङ्गाना , प्रहरी उपरिक्षक नेरन्द्र प्रसाद उप्रेती, सशस्त्र प्र्हरी उपरिक्षक कुमार न्यौपानेनेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्याय,नेपाल प्रेस युनियनका नारायणी इन्चार्ज संजय कार्की मधेश बिभाग प्रमुख बिजय कुशवाहा पत्रकार महासंघ बाराका पूर्व अध्यक्ष गुरु प्रसाद गौतम, नेपाली काग्रेसका महासमिती सदस्य तथा नेपाल तरुण दल बाराका अध्यक्ष लुकेश सिह, रिपोर्टस क्वल नेपाल बारा शाखाका अध्यक्ष सिकेन्द्र पासवान, मधेसी पत्रकार समाजका अध्यक्ष पनालाल दास, प्रेस सेन्टरका उपाध्यक्ष प्रभु यादव, पत्रकार महिला संञ्जालकी अध्यष्क्ष सृजा थापा लगायतकाले शुभकमना मन्तब्य ब्यतm गरेका थिए ।

युनियन बाराका अध्यक्ष गणेशराज रिजालको अध्यक्षतामा सम्पन सो कार्यक्रमको संचालन मुकेश यादव र स्वागत श्यामबाबु यादवले गरेका थिए ।