अखिलको शुभकामना कार्यक्रम सम्पन्न

497

वीरगन्ज २० असोज
अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले आज वीरगन्जमा शुभकामना आदान प्रदान कार्यक्रमको सम्पन्न गरेको छ । हिन्दुहरुको वडादशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको अयोजना गरेको हो । संगठनका केन्द्रीय सदस्य प्रभाकर गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य छोटेलाल यादव, माओवादी केन्द्रकी केन्द्रीय सदस्य शेष चाँदतारा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवं २ नम्बर प्रदेश इन्चार्ज रामबाबु बैठा, केन्द्रीय सचिव संतोष घिमिरेले
बडादशैंको शुभकामना व्यक्त गरेका थिए । त्यस्तै प्रेस सेटर नेपाल पर्साका अध्यक्ष निरज पिठाकोटे, मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय कोषाध्यक्ष कमल बहादुर पिठाकोटे,रामदरश कुश्वाहा, बुद्धिजिवी संगठनका केन्द्रीय सदस्य हसिबु रहमान अन्सारी,वाईसिएलका ओमप्रकाश गुप्ता, कर्मचारी संगठनका पर्सा अध्यक्ष विनोद चौधरी,स्वास्थ्यकर्मी संघका सचिवालय सदस्य सुवाष गुप्ता, आयोजक समिति सदस्य दुर्गा क्षेत्री लगायतले पनि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन विद्यार्थी जुबैर आलमले गरेका थिए ।