नौ वर्षीय बालकको शव बरामद दोषीलाई कारवाही गर्न मांग

207

बीरगंज २० असोज ।
बीरगंज चीनीकारखानाको आवास क्षेत्र भित्र असोज २० गते बिहान ९ वर्षिय बालकको शव फेला परेको छ । अवास क्षेत्र बाट राधेमाई निस्कने बीचको बाटोको पश्चिम तर्फको मार्ग नजिक झाडीमा फालिएको अवस्थामा शव फेला परेको हो । बीरगंजको उपमहानगरपालिका वडा नं १६ को राधेमाई निवासी बिनोद पटेलका ९ वर्षिय छोरा राजन पटेलको शव फेला परेको हो । शवको प्रकृति हेर्दा बालकको हत्या गरि फालिएको छ । बालकको टाउको, नाक र आखांमा गम्भीर चोट लागेको छ । मृतक पटेलको शरिरमा निलडमा, टाउको, मुख,आखांमा चोट र मुखबाट फिज निस्केको हुनाले घटना शंकास्पद देखिएको पर्सा प्रहरीले जनाएको छ । मृतक पटेलले खेल्नको लागि मेला बाट खरिद गरेका खेलौना घटना स्थलमा फेला परेको छ । उनको शव भएको भन्दा ८० मिटर पूर्व उनको चप्पल फेला परेको प्रहरीले जनाएको छ । उनले लगाएको हाफ प्यान्ट भने फेला नपरेको उनका काका बृजकिशोर पटेलले बताए । पटेलको शवको पोस्र्टमाट गरि अन्तिम संस्कारकालागि पुख्र्यौली घर पर्सा जिल्लाको रामनगरी गाविस लगिएको छ । बुधबार बेलुका ६ बजे घरबाट मेला हेर्न भनेर निस्केका राजन अवेर राती सम्म घरमा नआएपछि उनको काका बृजकिशोर पटेलले राती ११ बजे नजिकै रहेको वडा प्रहरी कार्यालयमा खवर गरेका थिए । बिहान आवास क्षेत्र नजिक शौच गर्न गएकाहरुले शव देखे उनीहरुले प्रहरीलाई खवर गरेका थिए । रिसिभिका कारण बालकको हत्या गरि फालिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । घटना बारे अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीका प्रबक्ता डिएसपी चक्रराज जोशीले बताए । यसैवीच वालअधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघ संस्थाहरुले घटनाको निष्पक्ष छानवीन गरि दोषीलाई कानूनको दायरामा ल्याउन माग गरेका छन ।