मलाई बिभागले बीरगंज जर्वजस्ती पठायो ः मेसु डा यादव

870

वीरगंज, २० असोज
सदभावना पार्टीका सह अध्यक्ष एवं सांसद लक्ष्मणलाल कर्णले नारायणी उपक्षेत्रीय अस्पतालको स्तर उन्नती र बिकासको लागि स्वास्थ्य मन्त्री गगन थापालाई संसदमा उभ्याउने बताएका छन । सदभावना पार्टी नगर कार्य समिति वीरगंजले बिहिवार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजको सभाहलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कर्णले अस्पतालको बिकासको लागि आफनो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता ब्यक्त गरे । तमलोपाका महामन्त्री जितेन्द्र सोनलले राज्यको विभेदपूर्ण नीतिको तहत अस्पताललाई जर्जर बनाइएको आरोप लगाए । राज्यले मधेसका स्वास्थ्य संस्थाहरुमा बजेट विनियोजनमै विभेद गर्दै आएको जिकिर गरे । नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य बिजय सरावगीले अस्पताललाई राजनीतिक अखडा बनाईएको र राजनीतिक आवरणको आडमा अस्पतालमा अनियमितता , भ्रष्टाचारले जडा गाडेको आरोप लगााउदै व्यवस्थापन र प्रशासन दुरुस्त भएमा अस्पतालको बिकासको लागि उद्योगी व्यापारी हरपल प्रतिवद्ध रहेको बताए ।
यसैगरी डा. दिपक शाक्ले राजनीतिक ईमन्दारीता नभएका कारण अस्पतालको बिकास नभएको बताए । उनले वीरगंजका समाजसेवी एवं नागरिक अगुवाको नेतृत्वमा गतिलो बिकास समिति भए मात्र बिकास सम्भव हुने बताए । अस्पतालका मेसु डा. रामपरिक्षण यादवले बिभागले आफूलाई जर्वजसती बीरगंज पठाएको बताए । उनले भने बीरगंजको अस्पतालमा बसेर सेवा गर्न म इच्छुक छैन ।
कार्यक्रममा सदभावना पार्टीका सह महासचिव सुरेन्द्र कुर्मी,लोहियावादीका राष्ट्रिय अध्यक्ष नन्दन यादव, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुलमहम्द मियाँ, बार एशोसिएसन पर्साका सचिव हरेराम सर्राफ, जिल्ला बिकास समिति पर्साका निमित्त प्रमुख धर्मराज थापा, वीरगंज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रकाश अमात्य,सदभावनाका केन्द्रिय सदस्य निजामुदिन समानी, माओवादी केन्द्रका केन्द्रीय सदस्य पिएल श्रेष्ठ ,नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य मोनिका सिंह,फोरम लोकतान्त्रिकका पर्सा जिल्ला अध्यक्ष शशिकपुर मियाँ, उपभोक्ता मंच पर्साका अध्यक्ष एवं नेपाली काँग्रेसका प्रतिनिधि दिना गुप्ता, स्वतन्त्र मानव अधिकार समाजका केन्द्रीय अध्यक्ष कृष्णा कुमार खनाल, मानव अधिकार शान्ति समाजका पुर्व अध्यक्ष प्रमानन्द चौधरी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, अस्पताल कर्मचारी युनियनका अध्यक्ष रामेश्वर प्रसाद, एमनेस्टी ईन्टरनेश्नलका प्रतिनिधी बिजय उपाध्याय , डिलएका प्रतिनिधी दिपक राज भण्डारी, प्रेस मंच नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेल, सदभावनाका पर्सा जिल्ला उपाध्यक्ष ईश्वर यादव ,महिला मंच पर्साकी जिल्ला अध्यक्ष रेखा साह, युवा मंचका जिल्ला अध्यक्ष शेख मुन्ना लगायतकाले आ आफनो मन्तव्य व्यक्त गर्दै अस्पताल बिकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सदभावना पार्टी नगर अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रमको संचालन धर्मेन्द्र पटेल स्वागत मन्तव्य सुनिता रौनियारले गरेकी थिईन ।