महुवनमा दलीतहरु संगठीत हुदै

357

वीरगन्ज २० असोज ।
महुवान गाविसमा रहेका दलीतहरुले आफनो अधिकार उपभोगकालागि चासो ब्यक्त गरेका छन । बिहिवार दलीत समुदायको भेला राखेर उनीहरुले दलीत अधिकार र उपभोगको अवस्थाको बारेमा छलफल गरेका हुन । उनीहरुले महुवान गाविसमा दलीतको संख्या सामाजिक आर्थिक तथा राजनीतिक अवस्था स्थानीय निकायको पूर्नसंरचना समानुपातीक समावेशी आधारमा दलीतको अधिकारका बिषयमा छलफल भएको शिक्षक मनोज रामले बताए ।
उनीहरुले नेपालको संविधान मा दलित समुदाय को अधिकार त्यसलाई गाविस महुवनमा कार्यान्वयनको योजना बनाउन समेत उनीहरुले तदारुकता देखाएका छन । उनीहरुलेै सरसफाई सुधार र चर्पी जडान बारेमा पनि छलफल गरि सरसफाइृमा ध्यान दिने निष्कर्ष निकालेका छन । कार्यक्रममा गाविस महुवन को भूपू उपाअध्यक्ष रामाधार महरा , सिन्गाशन महरा ,हरिन्द्र महरा, रामदत राम ,रामबालक महरा , गणेश महरा, सुरेन्द्र पासवान, श्यामिनाथ राम र दलित युवाहरूको सहभागिता रहेको थियो । महुवनमा रहेको नेपाल राष्ट्रीय दलित प्राथमिक विद्यालय मा कार्यक्रम संचालन गरिएको थियो ।