सीसीटीभीकालागि दुई लाख प्रदान

158

वीरगञ्ज, २० आश्विन/
पर्सा क्षेत्र नं. १ का सांसद् राजेन्द्र बहादुर अमात्यले आफ्नो संसदीय कोषबाट सेफर वीरगञ्जद्वारा सञ्चालित सिसिटिभी परियोजनाको लागि आज एक समारोह बीच दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घको सक्रियतामा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यलय, वीरगञ्ज उपमहानगरपालिका, जिल्ला विकास समितिको संलग्नता तथा स्थानीय बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, नागरिक समाजको सहभागितामा सञ्चालित सेफर वीरगञ्जले वीरगञ्ज नगरलाई सुरक्षीत बनाउन तथा आपराधिक क्रियाकलापका अनुगमन र नियन्त्रणका लागि विगतका वर्षहरुदेखि नै वीरगञ्ज नगर क्षेत्रभित्र सिसिटिभीको जडान र विस्तार कार्यलाई निरन्तरता दिइँदै आइरहेको छ ।