६१ औ प्रहरी दिवस सम्पन्न

241

बीरगंज २० असोज ।
नेपाल प्रहरीले बिहिवार ६१ औ प्रहरी दिवस मनाएको छ । दिवसको अवसरमा नारायाणी अञ्चल प्रहरी कार्यालयले आज एब बिशेष समारोह सम्पन्न गरेको छ ।
प्रहरी दीवसको अवसरमा प्रहरीको काममा सहयोग पुयाउने बिभिन्न संस्था र ब्यक्तिलाई प्रशंसा पत्र प्रदान गरिएको छ । प्रशंसा पत्र पाउनेहरुमा सामुदायीक प्रहरी कुम्हालटोल , सामुदायीक प्रहरी ग्रिन सिटी आदर्शनगर बीरगंज केआई नेपाल की उषा गुरुङ सानो हाह रौतहटको सामुदायीक प्रहरी सेवा केन्द्र नेपाल रेडक्रस सोसाइटी पर्सा र रक्त संचार केन्द्र रहेका छन । प्रदेश २ को उच्च न्यायलयको अस्थायी इजलाश बीरगंजका मुख्य न्यायधीश रामचन्द्र यादव र अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक नारायण सिंह खड्काले प्रंशसा पत्र बितरण गरेका थिए ।
कार्यक्रममा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको शुभकामना सन्देश प्रहरी नायव उपरिक्षक चक्र शाहीले बाचन गरेका थिए । कार्यक्रममा पूर्व प्रहरीको तर्फबाट पूर्व प्रहरी बरिष्ठ उपरिक्षक सदानन्द कुर्मी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष प्रदीप केडीया पूर्व अध्यक्ष अशोक बैद्य लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम पछि अञ्चल प्रहरी प्रमुख खडका र पूर्व प्रहरीका परिवारका सदस्यहरुवीच अन्तरक्रिया समेत भएको थियो ।