प्रेस मंचको शुभकामना आदान प्रदान सम्पन्न

201

वीरगंज २१ असोज
प्रेस मंच नेपाल पर्सा शाखाले आज वडा दशैं ,दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । मंच पर्साका अध्यक्ष बिजय कुमार ठाकुरको सभापतित्वमा शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।
माईस्थान स्थित क्यान्डि सपमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा सदभावना पार्टीका सह अध्यक्ष लक्ष्मणलालकर्ण सह महामन्त्री एवं अधिवक्ता सुरेन्द्र कुर्मी, प्रेम मंच नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल , जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी यज्ञ प्रसाद भट्टराई, मधेसी जन अधिकार फोरम लोकतान्त्रि पर्साका अध्यक्ष शशिकपुर मियाँ, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक जिवनलाल चुडाली, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र भट्ट,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी , वीरगंजका चर्चित गायक अशोक प्रधान , मधेसी पत्रकार संघ पर्साका अध्यक्ष मनोज पटेल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रेच मंच नेपाल पर्सा शाखाका कार्य समिति सदस्य चन्द्रिका पटेलले स्वागत मन्तव्य एवं आरुष कायस्तले सहजीकरण थिए ।