१५ दिने सिप विकास तालिम सम्पन्न

188

वीरगंज २१ पर्सा
वीरगंज महिला जागरण समाज पर्साले आयोजना गरेको निःशुल्क सिप विकास तालिम शुक्रवार सम्पन्न भएको छ ।
बेरोजगार रहेका महिलाहरुलाई रोजगार प्रदान गर्ने र व्यापार व्यवसाय सञ्चालन गर्ने अधार निर्माणका लागि तालिमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । अगामी दिनमा विभिन्न संघ संस्था र सिप सिकेर केहि गर्न चाहने महिलाहरुलाई समन्वय गराई महिला उद्यमीद्वारा नै खेलैना, गिफ्टका समाग्री लगायतको शो रुम समेत सञ्चालनमा ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले २० जना महिलाहरुको सहभागितामा आयोजना गरेको निःशुल्क तालिम आज सम्पन्न भएको वीरगंज महिला जागरण समाजकी अध्यक्ष कविता खडकाले बताईन् ।
चाडपर्वलाई लक्षित गरि सिप विकासको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाई महिला उद्यमी तयार गर्नका लागि तालिम सञ्चालन गरेको थियो । खासगरी सिपको अभावमा विदेशबाट लाखौँ मुल्यका समाग्री भित्रिरहेको अवस्थामा थोरै भएपनि सिप विकासलाई प्राथमिकतामा राखेर सिप सिक्ने मौका पाएकोमा आफुहरुलाई निकै खुशी लागको सहभागि मध्येकी मुर्ली निवासी अमृता यादवले बताईन् ।
तालिमको प्रशिक्षण सरस्वती भट्टराई, सिलु गौतमले दिएकी थिईन