दुश्मनलाई परास्त गरेको पर्सागढी ओझेलमा

539
पर्सा गढीमा रहेको मन्दीर

बीरगंज २२ असोज
पर्साको बागेश्वरी तित्रौना गाविसको पर्सा गढीमा शनिवार सरसफाई तथा वृक्षरोपण गरिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा आधार शिविरका सशस्त्र प्रहरी निरीक्षक जीवन मल्लको नेतृत्वमा रहेको टोलीले साल, सिसौ र बकाईनो जातका २० वटा बिरुवा पर्सागढी परिसरमा रोपिएको वागवाना गाविसका पूर्व अध्यक्ष वृजमोहन चौधरीले जानकारी दिए । विजया दशमीको अवसरमा पर्सागढीमा ठूलो मेला लाग्ने भएकोले सरसफाइ गरिएको र वातावरण जोगाउन वृक्षरोपण गरिएको प्रहरी निरीक्षक जीवन मल्लले बताउनुभयो ।
पर्सा गढी १८७१ मा नेपालले ब्रिटीशकालीन भारतीय सेनालाई बिजय प्राप्त गरेको स्थान हो । त्यती बेला ब्रिटीशकालीन भारतीय सेनाले आक्रमण गर्दा नेपाल तर्फबाट रन्जीत चौधरीको नेतृत्वमा रहेको नेपाली सेनाले पर्सागढीमा भएको लडाईमा बिजय प्राप्त गरेको तत्कालीन राजा गिर्वाणयुद्ध बिक्रम शाहद्वारा लालमोहर लगाई जारी गरिएको पत्रमा उल्लेख छ । बिदेशी सेनालाई परास्त गरेर राष्ट्र र राष्ट्रीय स्वाभिमान जोगाइएको स्थान भने राज्यको उदासिनताका कारण ओझेलमा परेको छ । राज्यका स्थानीय निकायहरुको पनि ऐतिहासिक पर्सा गढीको बिकास र संरक्षणमा ध्यान जान सकेको छैन ।