प्रवासीले गर्ने लगानीको सत प्रतिशत ग्यारेण्टी हुन्छ ः सचिव भट्टराई

600

नवराज फुुयाँल
युएई, २२ असोज
नेकपा एमालेका सचिव योगेश भट्टराइले नेपालमा लगानी गर्ने प्रसस्त बातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न प्रवासि नेपालीहरुलाई आग्रह गरेका छन । प्रवासी नेपाली मंचको कार्यक्रममा युएईमा आएका एमाले प्रचार विभाग प्रमुख समेत रहेका सचिव भट्टराइले शुक्रबार द स्टेट डेलीसंग कुरा गर्दै यस्तो आग्रह गरेका हुन । ।
अफगानिस्तान, अफ्रिका जस्ता मुलुक भन्दा सयौँ गुणा बढी सुरक्षाको बातावरण नेपालमा रहेको भन्दै उनले लगानीको बातावरण छैन भनेर भन्नु बनावटी कुरा मात्रै रहेको जिकिर गरे । प्रवासी नेपालीले कुनैपनि क्षेत्रमा गर्ने लगानीको लगानीको सत प्रतिसत सुरक्षाको ग्यारेण्टी प्रदान गरिने बताउँदै उनले भने “लगानी सुरक्षाकोलागि सेना प्रहरि परिचालन गर्न परे पनि पछि परिने छैन ” ।
विदेशमा रहेका नेपालीहरुमा देश प्रतिको चिन्ता रहेको भन्दै उनले नेताहरुले केही गरेनन, देशमा केही भएन भन्ने निरासा पनि आफुले पाएको बताए । उनले एक दुई जना खराब हुँदैमा सबै नेता सबै प्रशासक, सबै सुरक्षाकर्मी खराब नरहेको बताउँदै देश प्रति सकारात्मक भावना फैलाउन सबैमा आग्रह गरे ।
मुलुकमा बिदेशी लगानी गर्लान उत्पादन बढला रोजगारका अवसुर सृजना होलान भनेर अरुको मुख ताक्ने बेला नरहेको सचिव भट्टराईले बताए । अव आफैले लगानी गरेर मुलुक समृद्ध बनाउन तर्फ अघि बढ्नु पर्ने बेला आएको चर्चा गरे । विदेशमा कमाएको पैसा, सिकेका सिप, जानेको प्रविधि नेपालमै भित्र्याएर त्यसको व्यापक प्रयोग गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले त्यसका लागी आफ्नो पार्टीले हरसंभव सहयोग गर्न तयार रहेको बताए ।
मुलुकमा अहिले चालु ठुला ठुला परियोजना देखि कृषि तथा निर्माणका काम गर्ने श्रमिकहरुको ठुलो अभाव रहेको भन्दै उनले रोजगारकैलागि विदेशिनु पर्ने बाध्यात्मक अवस्था नरहेको दावी गरे । विदेशमा जुनसुकै काम गर्न पनि तयार हुने हामी नेपालमा किन आफ्नो काम गर्न हिच्किचाउने भन्दै उहाँले नेपाल फर्केर मुलुककै विकासका लागि श्रम खर्चन आग्रह गरे ।