महुवनमा दलित अधिकार संघ नेपाल गठन

201

बीरगंज २२ असोज ।
पर्साको गाविस महुवन मा दलित समुदायको एक भेलाले दलीत अधिकार संघ गठन गरेको छ । गाउँ बिकास समिितबाट दलीत समुदायले पाउने सेवा सुविधा ,शिक्षा स्वास्थ्यका क्षेत्रमा राज्यले दिएको सेवा सुविधाको उपभोगको बतावरण बनाउनकालागि संघको गठन भएको शिक्षक मनोज रामले बताए । संघले सास्कृतिक तथा धार्मिक अधिकारको उपभोगकोलागि पनि बवावरण बनाउने काममा पहलकदमी लिने रामले बताए ।
ऐन कानून र ब्यवहारिक रुपमा पनि छुवाछुत अन्त्यको घोषणा भइसक्दा पनि गाउँमा छुवाछुतको अवस्था रहेकोले त्यसको अन्त्यकोलागि पनि संघले काम गर्ने बताए । राज्यले दिने समानुपाती समावेशी सिद्धान्तलाई ब्यवहारमा उतार्न र दलीत महिला युवा बिद्यार्थीको हित वालवालिकाको अवस्थाको बारेमा पनि छलफल भएको र उनीहरुको हितमा संघले काम गर्ने छ । सिगाशन महरा चमारको अध्यक्षतामा निर्माण भएको संघको उपाध्यक्षमा रामबालक राम,सचिव जीउत राम र सदस्यहरुमा बेचु भगत,इनरदेव ,भूसेन्द्र डोम,सुरेन्द्र पासवान,बुधन राम र प्रमोद राम रहेका छन ।