गोलीया छाडेर तस्कर फरार

245
फाइल तस्विर

सेढवा २ कार्तिक
कृष्ण मोहन साह । पर्साको सखुवा पर्सौनी गाबिसको थापाटाँडीबाट बन गस्ती टोलीले ३० क्युफिट सालको गोलीया काठ सहित ५ वटा साइकल पक्राउ गरेको छ ।
सेक्टर बन कार्यालय बढनियारबाट सुबेदार प्रदीप प्रसाद तिमल्सिनाको नेतृत्व मा गएको गस्ती टोलीले सखुवा प्रसौनी गाबिसको वार्ड नम्बर ६ थापा टाडीबाट मंगलवार बिहान ४ बजेको समयमा उक्त परिमाणको काठ र साइकल पक्राउ गरेको हो ।बन गस्ती टोलीलाइ देख्ने बितिकै तस्करहरुले काठ र साइकल फालेर भागेको ले उनीहरुलाइ पक्राउ गर्न भने नसकिएको बन गस्ती टोलीले दाबी गरेको छ ।
पक्राउ परेका काठ र साइकललाई थप कार्वाहीको लागि सेक्टर बन कार्यालय बढनियार मा राखिएको सेक्टर वन कार्यालय बढनियारका सहायक बन अधिकृत मदन प्रसाद सिंहले जानकारी दिए ।