वालिकाहरुलाई बिद्यालय पु¥याइने

212

बीरगंज ३ कार्तिक ।शिक्षामा बालिकाहरुको पहुच कार्यक्रमका सहयोगी कार्यकर्ताहरुकालागि नौ दिने आधारभूत तालिम बीरगंजमा बुधवारबाट शुरु भएको छ ।
पर्सा जिल्लाका बिभिन्न १० गाविसमा संचालन हुने ४० कक्षाका सहयोगी कार्यकर्ताहरुकालागि तालिमको आयोजना गरिएको शिक्षामा बालिकाहरुको पहुच कार्यक्रमका जिम्मेवार ब्यक्ति बिनोद यादवले बताए ।
सोनवर्षा,वेल्वा,बहुवरी,मसिहानी,महादेवपट्टी,सुपौली लगायतका १० गाविसमा यो कार्यक्रम संचालन हुने छ । १० वर्ष देखी १४ वर्ष उमेर समुहका बिभिन्न कारणले बिद्यालय शिक्षा लिनबाट बन्चित वालिकाहरुकालागि यो कार्यक्रम संचालन भएको कार्यक्रम संयोजक रुपक पाण्डेले बताए । ४० वटा कक्षा माट कम्तीमा ८ सय वालिकाहरु शिक्षीत हुनेछन । उनीहरुलाई ९ महिना पछि बिद्यालयमा भर्ना गरि शिक्षाको मुलप्रवाहमा समाहित गरिने सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादवले बताए । ९ दिन सम्म संचालन हुने तालिममा वालिकाहरुलाई सिकाउने बिधिका बिषयमा छलफल हुने संस्थाका महासचिव रामप्रवेश साहले बताए । संस्थाका अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएको तालिमको उद्धघाटन समारोहमा संस्थाका उपाध्यक्ष इब्राहिम देवान, नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछाने ,पूर्णवासी राउत हरेन्द्र प्रसाद लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
तलिममा दश गाविसका ४० कक्षाका सहयोगी शिक्षक र आठ जना सुपरभाइजरहरुको सहभागिता रहेको छ । तालिममा राजेश राम लगायतले प्रशिक्षण दिने बताइएको छ ।