गाँजा सहित तीन जना पक्राउ

365
गाँजा सहित पक्राउ परेका ओझैया र साह
गाँजा सहित पक्राउ परेका महतो
गाँजा सहित पक्राउ परेका महतो

बीरगंज ४ कासर्तक ।३६ किलो गाँजा सहित प्रहरीले बिभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरेको छ । भौराटार गाविसको सडकमा चेक जाँचका क्रममा प्रहरीले पटेर्वा सुगौली ३ का किशोरी ओझैया र निचुटाका मदन साह कानुलाई गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।उनीहरु चढी आएको ना ११ प ७३२७ नम्बरको मोटर साइकलपनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको साथ बाट १२ किलो २ सय ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । लागू औषध मुद्धा अन्र्तगत म्याद थप गरि उनीहरुको बािष्यमा थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । उनीहरुलाई महुवन प्रहरी चौकीकोगस्ती टोलीले पक्राउ गरेको हो । त्यस्तै सबैठवा प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले हरिहरपुर गाविसका गोपीचन्द्र महतोलाई २४ किलो गाँवजा सहित पक्राउ गरेको छ । उनी गाँजा लिएर भारत तर्फ जादै गरेको अवस्थामा चेक जाँच हुदा पक्राउ परेका हुन । प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको करिब साढे ३ लाख मूल्य बराबरको लत्ताकपडा पनि नियन्त्रणमा लिएको छ । बीरगंजको वडा नं ३ छपकैयाबाट नियन्त्रणमा लिएको लत्ता कपडा थप कारवाहीको लागि राजस्व अनुसन्धान बिभागको मध्यमाञ्चल कार्यालय पथलैयामा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।